Share this post!
काठमाडौँ । नेपाललाई अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए। त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।
अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड-१९ भ्याक्सीन काठमाडौं आइपुगेको जानकारी दिएका छन्। एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने उनले बताएका छन् ।