news-details
समाचार

Share this post!

चाँगुनारायण नगरपालिकाको सहयोग भएपछि स्वास्थ्य बीमामा उत्साह

भक्तपुर । नगरपालिकाले सहयोग गरेपछि चाँगुनारायणमा स्वास्थ्य बीमा गर्नेको संख्यामा वृद्धि भएको छ । नगरपालिकाद्वारा सातौँ नगरसभाबाट बीमा गर्ने स्थानीलाई ५० प्रतिशत अनुदानमा दिदैं आएको छ । अहिलेसम्म १ हजार ८ सय ८८ जना नगरवासीले बीमामा आवद्ध भएको नगरपालिकाले जानकारी दिएको छ । स्वास्थ्य बीमाको कुल लागतको ५० प्रतिशत नगरपालिकाबाट भुक्तानी हुदैं आएको छ । यो कार्यक्रममा १देखि ९ नम्बर वडाकै स्थानीयहरु सहभागी भइरहेका छन् ।