news-details
मनोरन्जन

Share this post!

अभिनेत्रीलाई बलात्कारको धम्की

दैनिक भास्कर । बंगाली टेलिभिजन अभिनेत्री प्रत्युषा पललाई अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा बलात्कारको धम्की दिएका छने । अभिनेत्रीका अनुसार ती व्यक्तिले उनको तस्वीरलाई पोर्न साइटमा अपलोड गरिदिएका छन् । प्रत्युषाले प्रहरीमा उजुरी दिएकी छन् । तर प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । कोलकाता प्रहरीले अभिनेत्रीको निवेदनमा आफूहरुले अनुसन्धान गरिरहेको जनाएको छ । ‘जब म धम्की दिने व्यक्तिको प्रोफाइललाई ब्लक गर्छु, उसले केही समयपछि नै अर्को प्रोफाइलबाट धम्की दिन्छ । उसले मलाई प्रत्येक पटक बलात्कारको धम्की दिन्छ । सुरुवातमा जब मैले प्रहरीमा उजुरी दिएँ, प्रहरीले कसले धम्की दिएको हो बुझ्नु भनेका थिए । तर मलाई डर लागिरहेको छ’, उनले भनेकी छन् । ती व्यक्तिले अभिनेत्रीको तस्वीर पोर्न साइटमा राखेका मात्र छैनन्, उनको साथी र आमालाई पनि तस्वीर पठाइदिएका छन् ।