news-details
समाज

Share this post!

पाठक पत्रः असार मसान्तमा नगरपालिकाका कर्मचारीले दुुःख दिए 

म र मेरो समितिका साथीहरु हाम्रो वडामा विनियोजित योजनाको रकम लिन नगरपालिका जादाँ कर्मचारीको व्यवहारले दिक्क भएका छौं । आफ्नो टोल र गाउँ विकाश हुन्छ भनेर हामीले उपभोक्ता समिति बनाएर काम गरेका थियौं । आर्थिक वर्षको अन्त्य असार मसान्तमा लेखाको शाखाका कर्मचारीले मनपरे काम गरिदिने नत्र सर्वसाधारण हैरानी दिने गरेका छन्  । भक्तपुर जिल्लाका केही नगरपालिकामा लेखा शाखा र अन्य शाखा कर्मचारीको व्यवहारले हामी आजित भएका छौं । 
सम्झौतामा नभएका र अनावश्यक कागजात खोज्ने, कुन शाखा बाट के कुन शाखा बाट के  कागज लेरा भन्ने गर्दछन् । 
तर, ती अन्य शाखाले कागज दिन नमान्ने गर्दछन् ।

अरू वर्षदिन भर प्रमुख प्रशासकिय अधिकृत योजना अनुगमन शून्य हुने भएपनि असार मसान्तमा काम अल्जाउनकोलागि अनुगमनको बाहानामा बाहिर जाने गर्दछन् । कर्मचारीले आर्थिक चेलखेलकोलागि च्याखे दाऊ थाप्ने यो सुनौलो अवसर भएको छ । अर्का तिर उपभोक्ताको लागि बजेट छैन भन्ने ती कर्मचारी र इन्जिनियरहरु ठेक्दारलाई कोटेशन माग गरिरहेका छन् । कतिपय जनप्रतिनिधी समेत कर्मचारीहरुसंग मिलेर कमाउ धन्दामा लाग्दा कर्मचारी तन्त्रको हालिमुहालि स्थानीय सरकारमा बढेको छ । त्यसैले गर्दा हामी जस्ता सर्वसाधरणले गरेको कामको बिल भर्पाइ सहित जादाँपनि काम हुदैन । त्यसको सम्बोधन कसले गर्छ ।

-श्रीहरि गोविन्दका साथै सम्पूर्ण भक्तपुुर जिल्लाबासी