news-details
अन्तरास्ट्रिय

Share this post!

अनलाइनबाट युवतीले अर्डर गरिन् ‘२ थप्पड’, भूपु प्रेमीको घरमा पुग्यो डेलिभरी

अहिलेको डिजिटल संसारमा सबै चिज केवल एक क्लिकमै उपलब्ध छन् । कोरोना भाइरस महामारीका कारण पनि मानिसहरु अहिले धेरै हदसम्म अनलाइन सेवामा निर्भर भएका छन् ।अनलाइन सेवा प्रदायकका कारण अब उपभोक्ताले घरमै बसेर जुनसुकै कुरा पनि अर्डर गर्न सक्ने भए । यसैबीचमा सोसल मिडियामा एउटा फन्नी भिडियो भाइरस भैरहेको छ । जसमा अनलाइनमा अर्डर गरिएका सामान ग्राहकको घरसम्म पुर्‍याउने डेलिभरी ब्वाएले एकजना युवकमाथि थप्पड हानिरहेको देखिन्छ ।भूपु गर्लफ्रेण्डले अर्डर गरेकी थिइन् थप्पड अहिलेसम्म तपाईंले आफ्नो घरको खानेकुरा, लत्ता कपडालगायतका चिजबिजहरु अनलाइनमा अर्डर गर्नुभएको छ होला । तर एकजना युवतीले चाहिँ अनौठो कृत्य गरिछिन् । उनले आफ्नो भूपु ब्वाइफ्रेण्डको लागि दुई जोडदार थप्पड अर्डर गरिछिन् अनलाइनमा ।सोही बमोजिम एक डेलिभरी ब्वाए ती अर्डर गर्नेवाला युवतीको भूपु प्रेमीको घर पुगेर उनका दुवै गालामा एक एक थप्पड मार्दछ ।आफ्नो गालामा बर्साइएको चड्कनको कारणबारे उक्त युवकले भेउ पाउँदैनन् । तब डेलिभरी ब्वाएले त्यसको कारण खुलाउँदै ती युवककी भूपु गर्लफ्रेण्डले उनका लागि दुई थप्पड अर्डर गरेको जानकारी दिन्छ । दुई जोडदार थप्पड ग्राहक समक्ष पुर्‍याएसँगै डेलिभरी ब्वायले ती थप्पड खाने युवकसँग एउटा कागजमा सामान बुझेको भरपाई गराउँदछ ।अझ जाँदाजाँदै उक्त डेलिभरी ब्वाएले अर्को रोचक जानकारी पनि दिन्छ त्यो युवकलाई । वास्तवमा भूपु गर्लफ्रेण्डले आफ्नो भुपु ब्वाइफ्रेण्डका लागि दुई मुक्का अर्डर गर्न चाहेकी थिइन् तर त्यसको लागत धेरै पर्ने भएपछि दुई थप्पडमा चित्त बुझाएकी हुन् ।हुनत यो भिडियो केवल हँसिमजाकका लागि हो र एउटा कमेडी युट्युब च्यानलबाट साभार गरिएको हो । तर यसले अहिलेको अनलाइनको जमानामा जे पनि सम्भव हुन थालेको छ भन्ने देखाएको छ ।