news-details
राजनीति

Share this post!

ब्यूतियो  युथ र्फोस, कमाण्डरमा क्षितिज थेवे

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ ।वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई व्युँताएको हो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरेका छन् । युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकतावद्ध बनाई परिचालन गर्ने भएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवेलाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेवेको संयोजकत्ममा ५०१ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ । त्यस्तै युथ फोर्सले देशभर १७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १५० वटा उपत्यका वाहिर रहने छन् । 
युथ फोर्स गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने बताए । 
इन्चार्ज बस्नेतले युथ फोर्सले जनताको बहुदलीय व्यवस्थाको रक्षा, व्यवस्थापन, एमालेका नेता तथा कार्यकर्ताको रक्षा, पार्टीको विभिन्न कार्यक्रममा स्वयमसेवकीय भूमिका निर्वाह गर्ने, न्याय मर्यो भनेर निरास भएका, सामाजिक रुपमा पछाडी परेको नागरिकहरुको आवाज उठाउने, प्राकृतिक विपत्तीको अवस्थामा अग्रभागमा रही जनताको पक्षमाण्लगायतका कार्य गर्ने बताए ।