news-details
समाचार

Share this post!

बालकोटमा प्रहरीको उपस्थिती बाक्लियो, ओली बुधबार आउने

बालकोटमा प्रहरीको उपस्थिती बाक्लियो, ओली बुधबार आउने
भक्तपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ  ।
सर्बोच्च अदालतको परमादेशपछि स्वत पदमुुक्त भएका नेकपा एमालेको अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिती बढाइएको छ । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै शसश्त्र प्रहरी तैनाथ हुदैं आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझबाटनै प्रहरीको उपस्थिती बाक्लो दखिएको स्थानीयहरुले बताए । ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट आउने जानकारी भएको सुरक्षा स्रोतले बताएको छ । एमालेका नेता महेश बस्नेत का अनुसार पार्टीका अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको बताए । युवा संघको आयोजनामा भोली ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बस्नेतले जानकारी दिएका छन् ।