news-details
समाज

Share this post!

लेनदेन र अवैध सम्बन्धले विमलाको हत्या, न्यायाधीशका सुरक्षागार्ड पक्राउ

काठमाडौं । उच्च अदालत इलाम इजलासमा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले सो इजलासका १ नम्बर न्यायाधीशका बडीगार्डलाई पक्राउ गरेको छ ।  न्यायाधीशको पिएसओ असई युवराज बानियाँलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले बताए । आइतबार दिउँसो ४ बजेतिर बानियाँले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली केही समयदेखि कार्यालय सहयोगी पदमा कार्यरत थिइन् । सोमबार बिहान अदालत परिसरमा उनको शव फेला परेको थियो । घटनास्थलको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो । कुकुरले असई युवराजलाई संकेत गरेपछि इलाम प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो । लेनदेन र अवैध सम्बन्धका कारण झगडा हुँदा आफुले हत्या गरेको बानियाँले स्वीकार गरेका छन् ।