Share this post!
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन । देउवा नेतृत्वको सरकारको माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।