news-details
अन्तरास्ट्रिय

Share this post!

पूर्वी चीनमा एउटा होटल भत्किँदा  १७ जनाको मृत्यु, 

काठमाडौं । चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ । ३६ घण्टासम्म भएको ‘सर्च अपरेसन’ पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके ।ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको थियो । ३ तलाको भवनमा पछिल्लो समय तला थप्ने काम हुँदै आएको थियो । सरकारी अधिकारीहरुले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने बताएको छ ।