news-details
स्वास्थ्य

Share this post!

कोरोनाविरुद्धको खोप यस्तो अवस्थामा  लगाउन हुँदैन 

काठमाडौं । कोरोनाविरुद्धको खोप यस्तो अवस्थामा  लगाउन हुँदैन थाहा पाउनुहोस् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, कोरोना खोप दिनका लागि तोकेको उमेर  समूहका नागरिकले यस्तो अवस्थामा खोप लगाउँन हुँदैन ।  

— १८ वर्षभन्दा कम उमेरका व्यक्ति

— खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति

 — यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति

— पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
— हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

 — कोभिड – १९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ

 —कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ ।

यी बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुअघि आफ्नो रोग, आफूले सेवन गरिरहेका औषधिको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।