news-details
स्वास्थ्य

Share this post!

उकालो लाग्यो कोरोना संक्रमण, आज २९०५ जना थपिए 

काठमाडौं । नेपालमा केही दिन यता कोरोना संक्रमण उकालो लाग्न थालेको छ  । पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् । सरकारले लक डाउन खुला गरेसंगै संक्रमितहरु बढेका हुन् ।