news-details
समाचार

Share this post!

भक्तपुरमा ६ महिनामा २७ जनाले आत्महत्या गरे 

असार ३१, 
भक्तपुर ।  भक्तपुरमा ६ महिनाको अवधीमा २७ जनाले आत्महत्या गरेका छन् । विहिबार इन्सेक भक्तपुरद्धारा जिल्लामा २०२१ जनवारीदेखि जुन अन्तिमसम्म विगत ६ महिनाको समयमा घटेका घटनाहरुको अर्धवार्षिक पूूर्व समिक्षामा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा सूूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानव अधिकारको रक्षाकालागि जिल्लाका सबै स्थानीय सरकार र सरोकार वाला एक जुट हुनुु पर्ने बताइन् । नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख बस्नेतले सो नगरपालिका धेरै जसो साधँ सीमान विवादका मुद्धा आउने गरेको बताइन् । महिला हिंसा, घरेलुु हिसांको मुद्धा २० प्रतिशत मात्रै आउने र नगरपालिको न्यायिक समितिले १ सय ५८ वटा मुद्धा छिनोफानो गरेको जानकारी दिइन् । 

महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिव कुमार श्रेष्ठले समाजलाई अपराधबाट मुक्त राख्न सकेमात्र मानवअधिकारको रक्षा हुने बताए । 
लागू पर्दाथ दुरव्यसनी, मदिरा सेवनले प्रत्येक वर्ष अपराधका घटनामा वृद्धि गरेकाले सोको न्यूनिकरणकोलागि समाजका सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताए । 

छ महिनामा घटेका घटनाहरु यस्ता छन्ः  
''भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका घटना भएको देखिएको छ,'' इन्सेकका जिल्ला प्रतिनिधी रमेश गिरीले भने । यो ६ महिनाको अवधिमा गैरराज्य पक्षको परिवारजनबाट ३ जनाको हत्या भएको, ५ जनाको हत्या प्रयास भएको छ । अभिलेखित घटना अनुसार यस अबधीमा बालिका, किशोरी र महिला गरि २० जना बलात्कारका घटनाबाट पीडित भएका छन् ।बलात्कार प्रयासका घट्नाबाट २ जना, बाल यौन दुव्र्यबहारबाट ७ जना र बहुबिवाहका घट्नामा ५ जना महिला पीडित भएका छन् । यस अवधीमा मानव बेचबिखनबाट ३ जना, मानव बेचबिखनसहित बलात्कारबाट १ जना किशोरी, ठगि गरि भएको बलात्कारबाट १ जना, अपहरण गरि बलात्कारबाट १ किशोरी पीडित भएका हुन् । 

अभद्र व्यबहारबाट ७७ जना पीडित भएको इन्सेकको तंथ्याकमा उल्लेख गरिएको छ । घरेलु हिंसाबाट १२ जना महिला पीडित भएको उजुरी आए पनि पाँच जनाको मिलापत्र गराएको छ भने ७ जनाको काम भइरहेको छ, उक्त प्रतिवेदनमा भनिएको छ । यसअबधीमा आत्महत्या दुरुत्सानमा २ जना, सार्वजनिक स्थलमा योनाङ देखाउने १ जना, अप्राकृतिक मैथुन गराई हिंसा गर्ने १ जनाका साथै विष सेवनबाट १० र झुण्डिएर १७ जनाको ज्यान गएको छ ।त्यस्तै बालिबालिका, महिला, पुरुष गरि २१८ जना हराएकोमा १५८ मात्रै भेटिएको र २३ जानम बेवारिसे भेटिएको बताइएको छ । यसवर्ष घरेलु हिंसाको घट्नामा भने कमी आएको इन्सेक जिल्ला प्रतिनिधी गिरीले बताए । 
कार्यक्रममा चाँगुुनारायण नगरपालिका महिला शाखा प्रमुुख निला घिमिरे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, गैसस भक्तपुरका अध्यक्ष नारायण न्यौपाने, पत्रकार महासंघ पूूर्व अध्यक्ष पुष्कर बुढाथोकी, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले मानव अधिकारको रक्षाको लागि सबैले प्रतिवद्ध हुनुु पर्ने धारणा राखेका छन् ।