news-details
मनोरन्जन

Share this post!

‘मेरी श्रीमती गर्भवती भएकी छैनन्’ 

काठमाडौं । नायिका आँचल शर्मा र उनका श्रीमान डा.उदिप श्रेष्ठ झुठो समाचार फेक न्युजको मारमा परेका छन् । एक अनलाईन पोर्टलमा आँचल गर्भवती भएको खबर अपलोड भएपछि आदिप जोडीलाई शुभकामनाको लागेको थियो । आँचल गर्भवती भएको झुठो खबर फैलिएपछि श्रीमान श्रेष्ठले यस्को सफाई दिएका छन् । ‘शुभकामनाका लागि यहाँहरुलाई धन्यवाद । तर मेरी श्रीमती अहिलेसम्म गर्भवती भएकी छैनन्’, उदिपले ईन्स्टा स्टोरीमा लेखेका छन्, ‘यदि भइन् भने हामीबाटै तपाईंहरुले पहिला सुन्नु हुनेछ ।’ बेला बेलामा सेलिव्रेटीहरुका बिबाह, ब्रेकअप, बच्चा र निधनको समेत झुठो खबर फैलिने गर्दछ । आफ्नो झुठो खबर बारे केहीले सफाई दिन्छन्, केही मौन रहन्छन् । सन्तानको झुठो खबर बारे सफाई दिएका आदिप जोडीले खुसीको साँचो खबर चाहिं कहिले देलान् त रु