news-details
अन्तरास्ट्रिय

Share this post!

दुनियाँकै रहस्यमय ठाउँ ‘एरिया ५१’, जहाँ एलियन्स आउने दाबी गरिन्छ

तपाईंमध्ये कतिले हलिउडको लोकप्रिय फिल्म म्यान इन ब्लाक हेर्नुभएकै होला । उक्त फिल्ममा आम मानिसहरुभन्दा टाढा अमेरिकी सरकारको एक गुप्त ठाउँ रहेको र त्यहाँ एलियन्स आएर बस्ने गरेको देखाइएको छ ।यो फिल्म हेरिसकेपछि यो प्रश्न उठ्छ कि आखिर के यथार्थमा दुनियाँमा यस्तो ठाउँ छ जहाँ गोप्यरुपमा एलियन्स आएर बस्ने गर्दछ ?फिल्ममा वर्णन गरिएजस्तै झण्डै मिल्दो एउटा ठाउँ हो एरिया ५१ । केही मानिसहरु यो ठाउँमा अमेरिकी सरकारले गोप्य रुपमा एलियन्सलाई लुकाएर राखेको दाबी गर्दछन् । साथै यो ठाउँमा अमेरिकाले एलियन्समाथि धेरै प्रयोगहरु पनि गर्ने गरेको दाबी गरिन्छ ।एरिया ५१ अमेरिकाको नेभादामा रहेको छ । यो ठाउँ संसारकै सबैभन्दा रहस्यमय ठाउँमध्ये एक हो । एरिया ५१ को बारेमा विभिन्न लोकप्रिय डकुमेन्ट्री तथा फिल्महरु बनिसकेका छन् ।वास्तवमा एरिया ५१ अमेरिकाको सैन्य अड्डाको उपनाम हो । यो क्षेत्र निकै दुर्गम तथा रहस्यमय छ । यो गोप्य स्थानमा केवल अमेरिकी सैनिकहरु मात्र देखा पर्दछन् । यो गोप्य स्थानबाटै अमेरिकी सरकारले आफ्ना कैयन् गोप्य मिसनहरुको योजना तयार गर्ने र कार्यान्वयन गर्ने बताइन्छ । विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी सरकारका यस्ता कैयन् गोप्य तथा रहस्यपूर्ण तथ्यहरु लुकाइएका छन् यदि त्यसको पर्दाफास भएमा संसारमै तहल्का मच्चिन सक्दछ ।हुनछ आधिकारिक रुपमा एरिया ५१ लाई सैनिक प्रशिक्षण स्थल तथा एयरफोर्स फ्यासिलिटी सेन्टरका रुपमा मानिन्छ । तर विशेषज्ञहरुका अनुसार यो ठाउँमा अमेरिकी वैज्ञानिकहरुले अन्य ग्रहबाट आएका एलियन्समाथि अनुसन्धान गर्दछन् । यो ठाउँको आसपासमा यदि कोही बाहिरी मानिस देखिएमा त्यसलाई गोली हान्ने आदेश हुन्छ ।एरिया ५१ का बारेमा मानिसहरुलाई तबमात्र थाहा भयो जब सन् १९६७ मा सीईआएका निर्देशकले भुलबस एउटा मेमो लिक गरे । उक्त मेमोमा एरिया ५१ को बारेमा जानकारी दिइएको थियो ।एरिया ५१ आसपासको ठाउँ अहिले निर्जन छ । तर पहिले यस्तो थिएन । त्यहाँ ठूलो संख्यामा मानिसहरुको बसोबास थियो । अमेरिकी सरकारले जब आफ्नो विशेष प्रयोगका लागि यो क्षेत्रलाई कब्जा गर्यो तब सन् १९५५ मा यहाँको मानव बसोबास पूर्ण रुपमा खाली गराइयो ।एरिया ५१ को आसपासका क्षेत्रमा पनि उच्च गोपनीयता कायम राखिन्छ । त्यहाँ कुनै पनि आम मानिसलाई यत्रतत्र घुम्न दिइँदैन । उक्त ठाउँका भनिएका कैयन् यस्ता भिडियोहरु सोसल मिडियामा भाइरल छन् जसमा अनौठा जीवहरु देखिन्छन् । ती जीव अन्य ग्रहबाट आएका एलियन्स जस्ता लाग्दछन् ।