news-details
अन्तरास्ट्रिय

Share this post!

किन परे शिल्पाका पति पक्राउ ? कारण यस्तो 

एजेन्सी । चर्चित व्यवसायी तथा बलिउडकी सुन्दरी शिल्पा शेट्टीका पति राज कुन्द्रालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनी अश्लिल चलचित्र निर्माण गरेको अभियोगमा पक्राउ परेका छन् । अश्लिल चलचित्र निर्माणमा मुख्य आरोपीका रुपमा उनीमाथि मंगलबार मुद्दा दर्ता गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले राज कुन्द्राविरुद्ध प्रशस्त प्रमाण भएको प्रहरीले उल्लेख गरेको छ । 

राज कुन्द्राको जन्म सन् १९७५ को सेप्टेम्बर ९ तारिखमा मुम्बईमा भएको थियो । उनी पेशाले व्यवसायी हुन् । उनका पिता पञ्जाबी हुन् । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । त्यसपछि उनले व्यवसाय सुरु गरेका थिए । तर, राजका पिता अत्यधिक धनि भने थिएनन् । राजकी आमा पसलमा सहयोगीको रुपमा काम गर्थिन् । राज कुन्द्राको सन् २००३ मा कविता कुन्द्रासँग विवाह भएको थियो । तर, उनीहरुको विवाह लामो समय टिकेन र सन् २००६ मा सम्बन्धविच्छेद भयो । त्यसपछि राजले बलिउड अभिनेत्री शिल्पासँग सन् २००९ मा विवाह गरे ।