news-details
अर्थतन्त्र

Share this post!

सवारी करमा अत्यधिक वृद्धिः कुनको कति थाहा पाउनुहोस्

काठमाडौं । वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७/०७९ को बजेटमा सवारीसाधनको करमा व्यापक वृद्धि गरेको छ । आम्दानी र खर्चमा ज्यादै महत्त्वाकांक्षी देखिएको प्रदेश सरकारले आम्दानी बढाउन सवारी करको दरमा वृद्धि गरेको हो । आन्तरिक आयतर्फको सबैभन्दा ठूलो हिस्सा ओगटेको सवारीको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ ।

 ठूला इन्जिन क्षमताका मोटरसाइकलको कर भने यथावत् राखिएको छ । १२५ सीसीसम्मका मोटरसाइकलको करमा २ सय रुपैयाँले र १२६ देखि १५० सीसीसम्मका मोटरसाइकलरस्कुटरको कर ५ सय रुपैयाँले बढाइएको छ । १५० देखि २२५ सीसीसम्मका मोटरसाइकलको कर पनि ५ सय रुपैयाँ र ४ सय सीसीसम्मका मोटरसाइकलको कर २ हजार रुपैयाँले बढाइएको मन्त्रालयले जनाएको छ । ६५० सीसीसम्मको र ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर यथावत् राखिएको छ । भाडाका जिप, कार, भ्यान, माइक्रोको कर क्षमताका आधारमा अधिकतम ५ हजार रुपैयाँसम्म बढाइएको छ । भाडाका १३०० सीसीसम्मका जिप, कार, भ्यान र माइक्रोले वार्षिक कर ९ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब ११ हजार रुपैयाँ बुझाउनुपर्नेछ । 

१ हजार ५ सय सीसीसम्मका जिप, कार प्रयोगकर्ताले कर २३ हजार ५ सय तिर्दै आएकोमा अब २५ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । निजी एक्स्काभेटर, डोजर, लोडर, क्रेनको कर पनि १ हजार ५ सय रुपैयाँले वृद्धि गरिएको छ । टिपरको कर ३९ हजार तोकिएको छ भने मिनी टिपरको कर २७ हजार ५ सयबाट वृद्धि गरी ३० हजार रुपैयाँ पुर्‍याइएको छ । मिनी ट्रक र मिनी बसको कर २ हजार ५ सय रुपैयाँले बढाइएको छ । नयाँ दरअनुसार अब निजी मिनी ट्रक र बस खरिदमा २७ हजार रुपैयाँ कर लाग्नेछ । ठूला निजी ट्रक र बसको कर पनि २ हजार रुपैयाँले वृद्धि गरी ३५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

भाडाका मिनी बसरट्रकको कर १ हजार ५ सय रुपैयाँले वृद्धि गरिएको छ भने ठूला बसरट्रकको कर २ हजारले बढाउँदै २० हजार रुपैयाँ पुर्‍याइएको छ । भाडाका तेल ट्यांकर, ग्यास बुलेटको कर ४ हजारले वृद्धि गर्दै २२ हजार रुपैयाँ पुर्‍याइएको छ । तीनपांग्रे टेम्पो, ट्र्याक्टरमा पनि ५ सय रुपैयाँले कर वृद्धि गरिएको छ ।प्रदेश सरकारले निजी सवारीसाधनको समेत कर बढाएको छ । अधिकतम ५८ हजार ५ सय रुपैयाँ कर तिर्दै आएका निजी जिप, कार, भ्यान खरिदकर्ताले साउन १ बाट ६५ हजार रुपैयाँ कर बुझाउनुपर्ने भएको मन्त्रालयले जनाएको छ । एक हजार सीसीसम्मका जिप, कार, भ्यानको कर २१ हजारबाट २२ हजार रुपैयाँ पुर्‍याइएको छ ।