news-details
समाचार

Share this post!

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए  । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री बालकृष्ण खाँडलाई बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराएका थिए ।