news-details
समाचार

Share this post!

अपांङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

सिन्धुली ।  सिन्धुलीमा सुस्त तथा अपांङ्ग बालिकालाई जवरजस्ती करणी गर्ने वृद्धसहित दुईजना पक्राउ परेका छन्। बालिकामाथि करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिका २ सिन्धुली बस्ने ७० वर्षीय वृद्धलाई आइतबार घरबाटै पक्राउ गरेको हो । उनले स्थानीय १४ वर्षीया सुस्त मनस्थित भएकी बालिकालाई जबरजस्ती करण गरेको आरोप छ । गत शनिबार बालिकामाथि करणी गरेको अभियोग लागेपछि ती वृद्धलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता ९डिएसपी० मनोज कुमार लामाले जानकारी दिए । उनलाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरि अनुशन्धान थालिएको छ ।  यस्तै गत शनिबार १६ वर्षीया अर्की बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले मरिण गाउँपालिका ७ का ३२ वर्षीय पुष्कर भन्ने दिपेन्द्र विकलाई समेत नियन्त्रणमा लिएको छ । उनलाई शनिबार नै नियन्त्रणमा लिएर जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराई आवश्यक अनुशन्धान सुरु गरिएको छ लामाले बताए।