Share this post!
भक्तपुर । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले भक्तपुर जिल्ला कमिटी गठनसंगै विवाद उत्पन्न भएको छ । बिश्वास श्रेष्ठ संयोजक, दीपक भट्टराई सह–संयोजक र उपेन्द्र ढकाल सचिव रहेको ८७ सदस्यीय सो कमिटीमालाई नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले मान्यता नदिने भएको छ ।
एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले भने “हामीले यहाँबाट पठाएको नामावली विपरित गुटबन्दीको आधारमा कमिटि चयन भएको त्यो जिल्ला पार्टीलाई मान्य हुदैंन् । ”पार्टीले सिफारिस गरेको व्यक्तिभन्दा जूूनियरलाई संठगनको नेतृत्व दिएकोले मान्यता नदिने अध्यक्ष देउजाको भनाई छ ।
केन्द्रमा रमेश पौडेलको संयोजकत्वमा नेपाल खेलकुद महासंघ गठन भएको थियो ।
यता नव गठित कमिटिका सचिव रहेका उपेन्द्र ढकालले विभिन्न कमिटि विस्तार गर्दा आफुलाई कुनै सुचना नै नदिइ गठन गरेको बताए । उनले भने “यदि म सचिव हुुँ भने मलाई किन जानकारी दिइएन् ।”
महेश बस्नेत विरोधी समुहको रणनिति
एमालेका अध्यक्ष केपी शर्मा ओली निकट रहेका भक्तपुरका नेता महेश बस्नेत विरुद्धको समुह खेलकुद महासंघ केन्द्रमा भएको त्यसको फाइदा लिदैं जिल्लामा समेत पार्टी निर्णय विरुद्ध काम गरिएको नेताहरुको भनाई छ । ओली गुटकै भएपनि नेता बस्नेत विरुद्ध विगतदेखि नै सक्रिय रुपमा लाग्दै आएका निर्मल भट्टराई, मध्यपुरथिमिका वर्तमान नगरप्रमुख मदन सुुन्दर श्रेष्ठको रणनिति अनुसार कार्यभएको एमाले भक्तपुरका नेताले बताए ।