news-details
राजनीति

Share this post!

आज ३९ औं बीपी स्मृति दिवस 

काठमाडौं । दूरदर्शी नेता बीपी कोइरालाको निधन भएको ३९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले भव्य कार्यक्रमका साथ तीन दिनसम्म बीपी स्मृति दिवस मनाउँथ्यो । यस पटक त्यस्तो गतिविधि गर्ने फुर्सद कांग्रेसलाई भएन । सत्ता प्राप्त भएको खुशीयाली, बधाई र शुभकामनामा सभापति शेरबहादुर देउवाले व्यस्त छन् । बीपी स्मृति दिवसको दुई दिनअघि महामन्त्री शशांक कोइरालाको निवासमा इतर पक्षका नेताहरू भेला भएका थिए । धेरैले भेलामा बीपी स्मृति दिवसको कार्यक्रम तय हुने अनुमान गरेका थिए ।  २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा देवव्रत परियार, डीएन प्रधान, लाक्पा छिरिङ शेर्पा, महेन्द्रनारायण निधिहरू निर्णायक थिए । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको जनक्रान्तिमा नेपालको सम्पूर्ण भूगोलका सबै जातजाति र समुदायका नेता कार्यकर्ता र जनता होमिएका थिए ।एउटै उद्देश्यका लागि मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका जनता एउटै मोर्चामा सहभागी भएको पहिलो घटना २००७ सालको जनक्रान्ति नै हो ।नेपालको जनएकीकरण २००७ सालको क्रान्तिले नै गरेको हो । त्यो जनक्रान्ति नभएको भए नेपालले पनि शायद सिक्किम, कस्मीर, हैदरावाद या भूटानको नियति बेहोर्नु पर्ने थियो कि १ यस्तो तर्कमा पनि तुक नभएको होइन ।