news-details
अन्तरास्ट्रिय

Share this post!

संसारका अनौठा सजायहरु

संसारका हरेक देशमा अपराध नियन्त्रणका लागि विशेष कानून बनाइएको हुन्छ । कुनै पनि अपराधीलाई उसको अपराधका लागि कानून बमोजिम सजाय दिइन्छ, चाहे सानो होस् वा ठूलो ।कुनै अपराधका लागि अपराधीको अभियोग ठहर भएसँगै जेल सजाय र जरिमाना पनि हुन्छ । कतिपय मुलुक तथा ठाउँहरुमा भने यस्ता अनौठो खाले कानून हुन्छन् जसले अपराधीलाई निकै रोचक खालका सजाय दिन्छन् ।स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकका बुवा आमाले उसलाई पकेट मनी दिन छाडेका थिए । बुवाआमाले खाजा खर्च दिन छाडेपछि ती युवक अदालतमा आएर मुद्दा हाले बुवाआमाविरुद्ध । यद्यपि अदालतले ती युवकलाई उल्टै सजाय सुनाइदियो । अदालतको फैसलामा ती युवकलाई ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नै खुट्टामा उभिन आदेश दिइएको थियो ।सन् २००३ मा अमेरिकाको शिकागोमा बस्ने दुईजना युवकहरुले क्रिसमसको बेलुकी चर्चबाट यशुको मूर्ति चोरे र त्यसमा क्षति पूराए । उक्त अपराधमा दोषी ठहर भएपछि ती दुवै युवकलाई ४५ दिनको जेल सजाय भयो । त्यससँगै उनीहरुलाई आफ्नो गृहनगरमा एक गधासँग मार्चपास गर्ने आदेश पनि दिइएको थियो ।बीबीसीको रिपोर्ट अनुसार सन् २००८ मा एन्ड्रयू भेक्टरलाई आफ्नो कारमा चर्को आवाजमा गीत बजाएवापत १२० पाउण्ड जरिमाना सुनाइयोस् । उनले आफ्नो कारमा मनपर्ने र्‍याप सुनिरहेका थिए । यद्यपि पछि अदालतले जरिमाना रकम घटाएर ३० पाउण्डमा झारिदियो । साथै उनलाई २० घण्टासम्म बिथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्ने आदेश दिइयो ।अमेरिकाको ओक्लाहोमामा बस्ने १७ वर्षका टाइलर एलरेडद्वारा मदिरा सेवन गरेर गाडी चलाएका कारण भएको दुर्घटनामा उनका एकजना साथीको मृत्यु भयो । उक्त घटना सन् २०११ को हो । उक्त समयमा हाइस्कूलमा पढ्ने टाइलरलाई अदालतले हाइस्कूल तथा ग्राजुएसन सक्नैपर्ने, वर्षभरि नै लागू औषध, मदिरा र निकोटिन परीक्षण गर्नुपर्ने तथा १० वर्षसम्म चर्च जानैपर्ने सजाय सुनायो ।अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरी नामका व्यक्तिले सयौँ हरिणको सिकार गरे । सन् २०१८ मा उक्त अपराधमा उनी दोषी ठहर भए । अदालतले उनलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तिमा एक पटक डिज्नीको बम्बी कार्टुन हेर्नुपर्ने सजाय सुनाएको थियो ।