news-details
समाचार

Share this post!

 डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन्। डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाकाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो।खतिवडाले केही समयअघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए। दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का वर्ष ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक्राउ गरेका थिए।

पाँचखाल नगरपालिका–६ बस्ने माधव घिमिरेले आफ्नी श्रीमती तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनाको अनुसन्धानमा समेत खतिवडाले सफल भएका थिए। साथै‚ कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र विभिन्न मुद्दाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको हो।