news-details
राजनीति

Share this post!

कांग्रेस लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्दछः ओली 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति हो रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले जन्मसिद्ध श्रेष्ठतालाई मान्ने कार्य कहिल्यै लोकतान्त्रिक नहुने बताए । ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो । आजको नीति पनि त्यही हो । २००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसले नै गरेको उनले बताए । ‘नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन विजयी भएजस्तो देखियो । उनले नै प्रजातन्त्र दिए भन्ने देखियो । प्रधानमन्त्री मोहनशम्शेर नै भए । कांग्रेसले गृहमन्त्रीमा सम्झौता ग¥यो,’ उनले थपे,‘कांग्रेस विजयी भएजस्तो हुनुपर्ने थियो, तर कुनामा देखियो ।’

पुष्पलालले लोकतान्त्रिक शक्तिहरूबीच  सहकार्य गर्ने योजना बनाएपनि कांग्रेस त्यसको विरुद्धमा देखिएको उनले बताए । ‘मोहन शम्शेर प्रधानमन्त्रीबाट हटेर ००८ सालमा मातृका प्रसाद कोइराला कांग्रेसका सभापति प्रधानमन्त्री हुनासाथ कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लाग्यो ।  लोकतन्त्रवादी शक्तिहरु मिल्नुपर्छ भनेर अघि बढेका पुष्पलालको विचारलाई कांग्रेसले मानेन ।’ उनले भने।