news-details
स्वास्थ्य

Share this post!

आज २ हजार ७१४ कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार १२२ जनाको पीसीआर परीक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।