news-details
अर्थतन्त्र

Share this post!

 धुलिखेल जिपलाइन, मनसुन अफरमा २० प्रतिशत छुट

काठमाडौं । कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो । मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ । हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि २ हजार, सुपरम्यान  जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ८ सय र टेण्डम ९जोडी० जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार ४ सय कायम गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ ।