news-details
समाचार

Share this post!

कोरोना संक्रमण बढ्न थाल्यो सचेत बनौंः डाक्टर गौतम 

भक्तपुर । भक्तपुर अस्पतालकी प्रमुुख डाक्टर सुमित्रा गौतमले केही दिन यता कोरोना संक्रमण बढ्न थालेकाले सचेत हुन सबैलाई आग्रह गरेकी छिन् । 
संप्रेषण न्यूजसंग कुराकानी गर्दै डाक्टर गौतमले भौतीक दूरी कायम राख्ने, माक्स लगाउन र अनावश्यक काममा बाहिर नजान समेत सबैमा आग्रह गरेकी हुन् । 
अस्पताल प्रमुख डाक्टर गौतमले भनिन् “खोप लगाउने कार्य धमाधम भइरहेको भएपनि धेरै मानिसले अझैं लगाउन बाकीँ रहेकाले स्वास्थ्य सुरक्षाको उपाय अपनाउनौं । ”
भक्तपुर अस्पतालले हाल आइसीयूमा ३ जना, हाई केयर यूनिटमा ५, वार्डमा ३ र इमरजेन्सीमा ६जना कोरोना संक्रमितको उपचार भईरहेको  छ । अस्पतालले हालसम्म १ हजार ३ सय १ जना कोरोना संक्रमितको उपचार गरेको छ । उपचारको क्रममा ४७ जनाको कोरोना संक्रमणकै कारणले मृत्यु भएको डाक्टर गौतमको भनाई छ ।