news-details
अन्तरास्ट्रिय

Share this post!

सी जिनपिङको पहिलो तिब्बत भ्रमण

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पदभार सम्हालेपछि पहिलोपटक चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी बुधबार तिब्बत आइपुगेका हुन् । उनी बिहीबार भ्रमण सकेर फर्किएका छन् । विमानबाट न्यिङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासासम्म आएका थिए । यो रेल सेवा केही समयअघि मात्र सञ्चालनमा आएको थियो । निर्माण सकिएपछि यो रेल सेवाले तिब्बतलाई सिचुवान प्रान्तसँग जोड्नेछ । सिन्ह्वाका अनुसार भ्रमणको क्रममा राष्ट्रपतिले तिब्बतको धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको भ्रमण गरेका थिए । दक्षिण एसियाली मुलुकसँग सीमा जोडिएको तिब्बत चीनका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण छ । गत वर्ष भारतको लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा चीन र भारतका सेनाबीच झडप भएको थियो । उक्त झडपमा दुवैतर्फका सैनिक मारिएका थिए ।