news-details
शिक्षा

Share this post!

माइतीघरमा शिक्षकहरूको धर्ना

काठमाडौँ–  आज ३४ बुँदे माग राख्दै शिक्षकहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले धर्ना दिएका हुन् । गुणस्तरीय शिक्षा विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै शिक्षकहरु धर्नामा बसेका हुन् । विगतका सरकारसँग भएका सम्झौता अनुसारका मागहरु पूरा गर्नुपर्ने र महिला शिक्षकको प्रसूति विदा ६ महिना कायम गरी उक्त अवधिभर सट्टा शिक्षकको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।