news-details
समाचार

Share this post!

संसदमा प्रधानमन्त्री देउवाले केपी ओलीलाई खोजेपछि....

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको प्रतिनिधि सभामा खोजी गरेका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् ।उनले यसअघि विश्वासको मत लिने दिनपनि प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका थिए । सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने,‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न् । उपनेता तथा पूर्व सभामुखले पनि नयाँ संस्कृतिबारे बोलेपनि मेरो कुरा नसुनी हिँडिदिनुभयो ।’ प्रधानमन्त्री देउवाले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई संविधानको धारा ७६ को उपधारा ५ किन लेख्नुभयो भनेर सोध्नेवाला भएको भन्दै उहाँले ‘अब कहिल्यै पनि बीचमा यो संविधान भत्किने छैन’ भनेर सम्झिरहेको बताए ।