news-details
राजनीति

Share this post!

कांग्रेसमा क्रियाशील सदस्यताको लफडा महाधिवेशन सर्ने पक्का 

काठमाडौं । नेपाली कांग्रेसमा समयमा महाधिवेशन क्रियाशील सदस्यताको विवाद सबैभन्दा ठूलो समस्या बनेको छ । विधानअनुसार महाधिवेशन सुरु हुने वर्षको ६ महिनाअघि सदस्यताको वितरण र नवीकरण सकिसक्नुपर्ने व्यवस्था छ तर कांग्रेसमा यसको उल्टो परम्परा छ । महाधिवेशन सुरु हुनु ६ महिनाअघिबाट मात्रै सदस्यता वितरण र नवीकरण सुरु हुन्छ । दुई वर्षअघि नै सदस्यता वितरण र नवीकरण सुरु भए पनि विवाद अझै सकिएको छैन ।

यसअघि गाउँ र  नगरपालिकाको साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक निर्वाचन क्षेत्र) साउन साउन २३, एकभन्दा बढी क्षेत्र भएको जिल्लाका अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ मा तोकिएको थियो । वडा तहको अधिवेशन स्थगितसँगै सबै तालिका प्रभावित भएको छ । सविधानअनुसार हरेक साढे ५ वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । कांग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेको छ । चार वर्षभित्र हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ । संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । भदौ १९ बाट संविधानले दिएको थप ६ महिनाको समय सकिँदै छ । महाधिवेशन सार्न दुई विकल्पमाथि नेताहरूले छलफल अघि बढाएका छन् ।