news-details
स्वास्थ्य

Share this post!

१८देखि ५० वर्ष उमेर भएकाले कोरोनाविरुद्धको खोप लगाउने हो ?  अनलाइन फारम भर्नुहोस् 

काठमाडौ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ ।खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ । 
 

खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्

https://vaccine.mohp.gov.np/