news-details
समाचार

Share this post!

 बिरामी नेपालीको मलेसियाबाट उद्धार

काठमाडौं । जनउद्धार केन्द्र मलेसियाले प्यारालाइसिसले थला परेका एक नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ । अवैधानिक रुपमा मलेसियाको मेलाका राज्यमा काम गर्दै आएका नवलपरासीको साविक हरपुर- ५ का ४० वर्षीय हरिशचन्द्र केवटलाई उद्धार गरी स्वदेश पठाइएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।हरिशचन्द्रको अवस्था थाहा पाएपछि उनको परिवार र साथीहरूले जनउद्धार केन्द्र समक्ष सहयोगको याचना गरेपछि शुक्रबार हिमालयन एअरलाइन्सको उडान मार्फत स्वदेश पठाइएको अध्यक्ष थापाले बताए । थापाका अनुसार प्रतिकुल परिस्थितिको फाइदा उठाउँदै उनी कार्यरत कम्पनीले उपचारमा मोटो रकम खर्च भएकोले नेपाल पठाउन नसक्ने जवाफ दिएको थियो । कम्पनीले नै उपचारमा समेत पन्छिन खोजेपछि आफूहरुले सहयोग गरेको उनले बताए ।