news-details
समाचार

Share this post!

बेपत्ता युवतीको शव भेटियो 

धादिङ । जिल्लामा बेपत्ता युवतीको शव फेला परेको छ । गजुरी ८ को विकटबस्तीकी २२ वर्षीया सम्झना रोकाको शव आइतबार घर नजिकैको जंगलमा भेटिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘वेपत्ता युवती सम्झनाको शव नजिकैको जंगलमा फेला परेको आफन्तबाट मौखिक जाहेरी आएकोले आवश्यक छानबिनका लागि घटनास्थलतिर जाँदैछौुं, प्रहरी नायव उपरीक्षक खड्काले भने । प्रहरीका अनुसार रोका साउन १ गतेदेखि सम्पर्कविहीन थिइन् ।