news-details
राजनीति

Share this post!

''एमाले देशको मुख फेर्ने पार्टी हो ''

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो । बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ, उहाँले भन्नुभयो, पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऔँ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीलाई नमुना बनाइ सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, राजनीतिलाई बेठिक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसदबाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले नागरिकमा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ । अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै, उहाँले भन्नुभयो, सही विचार र सही मार्गको आवश्यकता छ, त्यसका लागि महिला जगतको ठूलो सहयोग चाहिन्छ ।