news-details
अन्तरास्ट्रिय

Share this post!

जहाँ बिहे अगाडि बेहुला बेहुलीलाई कुहिएका गोलभेँडा र अण्डाले हानिन्छ

विवाह यस्तो समारोह हो जसबाट दुईजना व्यक्ति तथा दुईजना परिवार एक अर्कोसँग जोडिन्छन् । संसारमा देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक(फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रितिरिवाज हुन्छ, जसलाई मानिसहरुले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कारहरु निकै अनौठा खालका पनि हुन्छन् ।हामीकहाँ बिहे अगाडि बेहुला बेहुलीको अनुहारमा चमक ल्याउन, जीउ सुन्दर बनाउनका लागि बेसार तथा चन्दन लेपन गर्ने, दूधले नुहाउनेदेखि मेहेन्दी लगाउने लगायतका अनेक खालका उपाय अपनाइन्छ । तर एउटा यस्तो देश छ जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहेका गोलभेँडा, बिग्रिएका अण्डा, कुहिएका माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ ।सुन्दा नै अत्याचार जस्तो लाग्ने यस्तो परम्परा स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित एक परम्परागत बिहे संस्कार अनुसार हुनेवाला बेहुला बेहुलीलाई सबैभन्दा पहिले एउटा रुखमा बाँधिन्छ । त्यसपछि उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, कुहिएका टमाटर तथा कुहिएका माछालगायतका वस्तुहरु खन्याइन्छ ।यस्तो असहज लाग्ने परम्परा निभाउनुका पछाडि मानिसहरुमा एउटा आस्था तथा मान्यताले काम गरेको छ । बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास छ । यदि उनीहरुले बिहे अगाडि नै ती सबै दुर्गन्धित चिजहरुको प्रहारको सामना गर्न सकेमा उनीहरुले भविष्यमा जीवनका सबै चुनौतीहरुको सजिलैसँग सामना गरी आफूलाई सम्हाल्न सक्दछन् भन्ने मान्यता पनि रहेको छ ।द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय बन्दै गएको छ ।