Share this post!
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि आफूले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै कर्मचारीहरुले सोमबार कलेज अगाडी प्रर्दशन गरेका हुन् ।विगतमा अस्पतालले दिएको सेवा सुविधालाई नयाँ व्यवस्थापनले कटौती गरेपछि आफूहरु आन्दोलमा उत्रन बाध्य भएको एक कर्मचारीले बताए ।
कलेजमा डा. सुनिल शर्माको नेतृत्वमा नयाँ व्यवस्थापन आएपछि कर्मचारीको सेवा सुविधा कटौती गरेको कर्मचारीहरुको भनाइ छ । त्यस्तै परीक्षण काल पूरा गरेको डेढ वर्षपछि कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै तत्काल परीक्षणकाल सकेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि उनीहरुको छ । तर कलेज प्रशासनले भने कलेजले खटाएको ठाँउमा कर्मचारी नगएपछि विवाद भएको बताएको छ ।