news-details
राजनीति

Share this post!

नयाँ सरकार पनि गफाडी हुने भोः माओवादी सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले आफ्नै पार्टीकी ‍ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको गरिबलाई निस्शुल्क बिजुलीको योजनालाई गफको संज्ञा दिएका छन् । मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद महतले गरिबलाई निस्शुल्क बिजुलीको योजना जिब्रोको पासो हुने बताए । ुझट्ट हर्दा यो योजना राम्रो सुनिन्छ तर कालान्तरमा यो जिब्रोको पासो हुनेछ । भर्खरै हामीले गफाडी सरकारलाई बिदा गरेका छौँ । अर्को सरकार पनि गफाडी हुने होकी चिन्ता लागेको छ,ु उनले भने । पैसा तिर्छौं बत्ती देऊभन्दा कर्णालीमा बत्ती नपुगेको भन्दै उनले निस्शुल्क बत्तीको कुरा नगर्दा राम्रो हुने बताए । 'मन्त्री र सरकारका कारण हामीले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको छ ।  यो सरकारलाई ज्ञात होस्,' उनले भने ।