news-details
अन्तरास्ट्रिय

Share this post!

जिन्स लगाएको निहुँमा किशोरीको हत्या

काठमाडौं । जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । यो घटना  भारतको उत्तर प्रदेशमा घटेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो ।नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लैरोले मरणासन्न हुने गरी पिटेका थिए ।‘उसले ब्रत लिएकी थिई । साँझपख उनले जिन्स पाइन्ट र टप लगाएर पूजा गन थाल्दा हजुरबुबा र हजुरआमाले उनको लुगाको विषयमा आपत्ति जनाएका थिए । नेहाले जिन्स लगाउनकै लागि बनाएको र आफूले लगाएको बताइन्’, नेहाकी आमाले भनिन् । उनका अनुसार सोही विवाद बढ्दै गएपछि घटनाले ठूलो रुप लिएको हो ।

शकुन्ताला देवीका अनुसार मरणासन्न पिटाइबाट बेहोस भएपछि किशोरीकी काकीले रिक्सा बोलाएर अस्पताल लान लागेको बताइन् । तर, शकुन्तलालाई भने सँगै जान दिइनन् । त्यसपछि शकुन्तलाले आफन्तलाई घटनाबारे जानकारी गराइन् र उनका आफन्तहरु अस्पतालमा किशोरीलाई खोज्न गएका थिए ।त्यसको भोलिपल्ट, आफन्तहरुले गण्डक नदीको पुलमा किशोरीको शव झुण्डिरहेको सुने र त्यहाँ गएर हेर्दा उक्त शव नेहाकै रहेको पुष्टि भयो ।

प्रहरीले यो घटनामा हत्या र प्रमाण नष्ट गर्न खोजेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेहाका हजुरबुबा, हजुरआमा, काका-काकीहरु, काकका छोराहरु र रिक्सा चालक पनि सामेल छन् । अहिलेसम्म यस विषयमा आरोपीको बयान भने आएको छैन । वरिष्ठ प्रहरी अधिकारी श्रीयस त्रिपाठीले अहिलेसम्म नेहाका हजुरबुबा, हजुरआमा, काका र अटोरिक्सा चालकलाई पक्राउ गरिएको बताए । अन्य आरोपीको पनि खोजी भइरहेको उनको भनाइ छ । नेहाका बाबु पञ्जाबको लुधियानामा कन्ट्रक्सन साइटमा मजदुरी गर्छन् । शकुन्तलाका अनुसार उनकी देवरानीहरुले नेहालाई स्थानीय विद्यालयमा पढ्न नपठाउन पनि दबाब दिँदै आएका थिए । विद्यालयमा परम्परागत भारतीय कपडाभन्दा फरक पोशाक लगाइने गरेको उनीहरुको भनाइ थियो ।