news-details
अन्तरास्ट्रिय

Share this post!

१२ सय वर्ष पूरानो ५० रुपैयाँको सिक्का, ३ करोडमा बिक्रि हुँदै

काठमाडौं । आगामी ८ सेप्टेम्बरमा बेलायतमा एउटा प्राचीन सिक्का लिलामी हुँदैन ।आजभन्दा १२ सय वर्ष पूरानो उक्त सिक्का ३० पेन्स अर्थात् झण्डै ५० रुपैयाँको हो । तर यो दुर्लभ सिक्का दुई लाख पाउण्ड अर्थात् ३ करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्ने अपेक्षा उक्त सिक्काको मालिक तथा लिलामी गर्ने कम्पनी डिक्स नूनन वेबले गरेका छन् ।बेलायतमा खजाना खोजी गर्ने एक व्यक्तिले गत वर्ष विल्टशायर तथा ह्याम्पशायरको सीमानास्थि वेस्ट डिनमा उक्त ३० पेन्सको सिक्का फेला पारेका थिए ।बेलायती पत्रिका मिररका अनुसार उक्त सिक्का सुनबाट बनेको परीक्षणले पुष्टि गरेको छ । साथै त्यसमा थोरै मात्रामा चाँदी तथा तामा पनि प्रयोग गरिएको छ ।सन् ८०२ देखि ८३९ सम्मको अवधिमा बेलायतमा शासन गरेका वेस्ट स्याक्सनका राजा एक्गबर्टको शासनकालमा उक्त सिक्का बनाइएको अनुमान छ । अर्थात् यो सिक्काको उमेर १२ सय वर्ष नाघिसकेको छ ।
सुरुमा बटन ठानियो
खजानाको खोजी गर्ने ती व्यक्तिले एक ठाउँमा धातु पत्ता लगाउने मेसिन अर्थात् मेटल डिटेक्टरमा संकेत प्राप्त गर्नासाथ त्यस ठाउँमा उत्खनन सुरु गरेका थिए । उत्खननका क्रममा त्यहाँ सो सिक्का देखा पर्यो ।सुरुमा त उनलाई त्यो सिक्का जस्तो वस्तु कुनै कपडाबाट खसेको बटन होला भन्ने लाग्यो । तर जब उनले त्यसलाई सफा तबमात्र त्यो प्राचीन सिक्का रहेको देखियो ।उक्त सिक्काको वजन ४.८२ ग्राम छ भने व्यास एक इन्चभन्दा कम छ । त्यसमा स्याक्सन शव्दयुक्त मोनोग्राफको चारैतर्फ राजाको नाम एक्गबर्ट रेक्स अंकित गरिएको छ ।स्मरण रहोस् लण्डनमा हालै एउटा प्राचीन चम्चा झण्डै ३ लाख रुपैयाँ बराबरको मूल्यमा लिलामी भएको थियो । चाँदीबाट बनेको उक्त ५ इन्च लामो चम्चा १३ औँ शताब्दीमा बनेको हो । एक व्यक्तिले फुटपाथको पसलबाट जम्मा ९० पेन्समा उक्त चम्चा किनेका थिए ।