news-details
अन्तरास्ट्रिय

Share this post!

विश्‍वको पहिलो होटल जो फोहोरको बिजुलीबाट चल्छ

प्लास्टिक तथा खाद्यजन्य जैविक फोहोरहरु अहिले विश्वमा ठूलो समस्याको कारण बनिरहेका छन् । जापानको राजधानी टोकियोमा एउटा यस्तो होटल खुलेको छ जो पूर्णरुपमा यस्तै फोहोरमैलाबाट बनेको उर्जाबाट सञ्चालन हुन्छ ।कावासागी किंग स्काइफ्रन्ट नामक उक्त होटलमा खपत हुने उर्जामध्ये ३० प्रतिशत उर्जा हाइड्रोजन उर्जा प्लास्टिक फोहोरबाट तथा ७० प्रतिशत उर्जा खेर गएको खानेकुराको फोहोरबाट उत्पादन हुन्छ ।जापानी कम्पनी तोसिबाले फोहोरबाट हाइड्रोजन उर्जा बनाउने प्रविधिको विकास गरेको हो ।हाइड्रोजन इन्धन सेल प्रणालीले कार्वन उत्सर्जन विनै हाइड्रोजनलाई बिजुलीमा परिणत गर्दछ । यो प्रणालीबाट होटलभर नै उर्जा वितरण हुन्छ । हाइड्रोजनको निश्चित मात्रा निरन्तर प्राप्त भैरहेको हुन्छ र यो पूरै प्रक्रिया कार्वनमुक्त छ ।यहाँ सबै खाले फोहोरहरु जस्तै पाहुनाहरुले प्रयोग गरेका टुथब्रस तथा काँगियो समेतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरिन्छ ।
माटो विनाका रुख
यो होटलले फोहोरबाट हाइड्रोजन उर्जाको विजुली मात्र होइन माटो विनै रुखविरुवा समेत उमारेको छ । पानीमै रुख उमार्ने त्यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ । त्यहाँ प्रकाश सश्लेषणका लागि एलइडी प्रकाशको प्रयोग हुन्छ । होटलको लबीमा अर्गानिक सागको खेती गरेर पाहुनाहरुलाई खुवाउने गरिन्छ ।
यो होटलले वार्षिक ३ लाख क्युबिक नानोमिटर हाइड्रोजनको आपूर्ति गर्दछ । यसबाट चार लाख ४० हजार किलोवाट विजुली उत्पादन हुन्छ । उक्त विजुलीले एक वर्षका लागि ८२ घरमा उर्जाको आवश्यकता पूरा गर्न सकिन्छ ।