news-details
अन्तरास्ट्रिय

Share this post!

१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि‘

कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् ।द सनमा प्रकाशित समाचार अनुसार  गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड९१ हजार ४ सय ५३ रुपैयाँ० मा किनेकी थिइन् ।अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।