news-details
अन्तरास्ट्रिय

Share this post!

बोक्सीको आरोपमा मृत्युदण्ड पाएकी महिलालाई ३२८ वर्षपछि सफाइ

काठमाडौं । हाम्रो देश नेपालमा मात्र होइन विश्वकै धनी मुलुक अमेरिकामा समेत आजभन्दा ३ सय वर्ष अगाडि क्रुर तथा अमानवीय बोक्सी प्रथा रहेछ ।बोक्सी प्रथा यतिसम्म विकृत रहेछ की बोक्सीको आरोप लगाएर महिलाको हत्या समेत गरिँदो रहेछ । बोक्सीको आरोपमा त्यसैगरी मृत्युदण्डको सजाय पाएकी एक अमेरिकी महिलालाई तीन शताब्दीपछि बल्ल सफाइ पाउने भएकी छिन् । ८ कक्षामा पढ्ने विद्यार्थीहरुले गरेको इतिहासको अध्ययन र प्रयासबाट ती महिलाले सफाइ पाउने भएकी हुन् ।अमेरिकाको म्यासाच्युसेट्सकी एलिजाबेथ जोन्सन जुनियरलाई सन् १६९३ मा सालेम बोक्सी इजलासले झुण्डाएर मृत्यु दण्ड दिने फैसला गरेको थियो । तर विविध कारणले उक्त सजाय कार्यान्वयन हुन सकेको थिएन र उनी मारिनबाट जोगिएकी थिइन् । त्यतिबेला एलिजाबेथ २२ वर्षकी थिइन् ।म्यासाच्युसेट्सको मेथुएनकी डेमोक्रेटिक पार्टीकी सिनेटर डियान्ना डी जोग्लियोले ती महिलालाई दिइएको सजाय खारेज गरी सफाइ दिनका लागि एक विधयेक प्रस्तुत गरेकी छिन् ।स्थानीय नर्थ एन्डोभर मिडिल स्कुलमा ८ कक्षामा पढ्ने विद्यार्थीहरुले मृत्युदण्डको सजाय सुनाइएकी एलिजाबेथको इतिहास र उनको सजाय खारेजी र सफाइका लागि गर्नुपर्ने कार्यहरुका बारेमा अनुसन्धान गरेका थिए ।विद्यार्थीहरुको अनुसन्धान र निष्कर्षकै आधारमा इतिहासमा सुधार गरी पीडितलाई न्याय दिलाउनका लागि आफुले नयाँ विधयेक प्रस्ताव गरेको राज्य सिनेटर डिजोग्लियो बताउँछिन् । आफूहरुले विगतमा पीडितहरुले पाएको पीडालाई परिवर्तन गर्न नसक्ने भएपनि इतिहासमा अन्यायमा परेकाहरुलाई लगाइएको गलत आरोपबाट मुक्ति दिलाउन भने प्रयास गर्ने उनको भनाइ छ ।यदि उनको नयाँ विधयेक पारित भएमा एलिजाबेथ अमेरिकाको इतिहासमा बोक्सीको आरोपबाट सफाइ पाउने अन्तिम व्यक्ति हुनेछिन् ।सन् १९६२ को उक्त बोक्सी इजलासले सयौँ मानिसहरुलाई बोक्सीको अभियोग लगाएको थियो भने सालेम र आसपासका क्षेत्रका २० जनालाई मृत्युदण्ड दिइएको थियो । ती मध्ये १९ जनालाई झुण्ड्याएर र एकजना पुरुषलाई ढुंगाले हानेर हत्या गरिएको थियो ।त्यसयताको यो ३२८ वर्षमा त्यसरी बोक्सीको आरोप लगाइएका सबैजसोलाई आधिकारिक रुपमा सफाइ दिइसकिएको छ । त्यसरी सफाइ पाउनेमा स्वयं एलिजाबेथकी आमा, एक मन्त्रीकी छोरी लगायतका छन् ।