news-details
अन्तरास्ट्रिय

Share this post!

वर्षमा तीन महिना अँध्यारो हुने गाउँ

पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् ।डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ । चिसो मौसममा यो गाउँमा सूर्यको किरण पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म यो गाउँ झण्डै अँध्यारो जस्तै बन्दछ ।यति लामो समयसम्म घाम देख्न नपाउँदा मानिसहरुमा विभिन्न खालका समस्या देखिन्थे । गाउँलेहरुमा अनिद्रा, तनाव, थकानलगायतका समस्याहरुका साथै चोरीलगायतका अपराधका घटनामा पनि वृद्धि भएको थियो । सोही समस्याबाट मुक्ति पाउनका लागि गाउँलेहरुले आफैले सूर्यको निर्माण गरेका छन् ।गाउँलेले बनाएको कृतिम सूर्य ।उक्त गाउँमा सन् २००६ मा एक लाख युरो रकम खर्चिएर ४० वर्ग किलोमिटर ठूलो काँच खरिद गरेर ऐना बनाए । र, त्यसलाई पहाडको टुप्पोमा जडान गरे ।ऐनालाई यसरी ठड्याएको छ कि सूर्यको किरण त्यसमा ठोक्किएर परावर्तन भई सिधै गाउँतर्फ जान्छ र गाउँमा उज्यालो हुन्छ । गाउँलेहरुले रत्तिभर घाम देख्न नपाउने समयमा पनि दिनको ६ घण्टासम्म घाम ताप्न पाउँदछन् ।गाउँमा कृत्रिम सूर्य निर्माण गर्ने उक्त आइडिया गाउँलेहरुले कुनै विज्ञानका आधारमा नभई मानवीय सोच र अनुभवका आधारमा निकालेका थिए, जुन सफल भयो ।मानिसहरु उज्यालो र घामको अभावमा निकै कष्ट बेहोर्नुपर्दा त्यस्तो आइडिया फुराएका उक्त गाउँका मेयरले बताएका छन् ।