news-details
अन्तरास्ट्रिय

Share this post!

दुनियाँकै दानी ग्राहक : १७ हजारको बिल, १२ लाख टिप्स

कतिपय मानिसहरुसँग धन र मन दुवै हुँदोरहेछ । उनीहरुले दील फुकाएर दान दातव्य गर्दा रहेछन् । अमेरिकामा हालै एकजना व्यक्तिले रेष्टुरेन्टमा दिएको लाखौँको टिप्स चर्चाको विषय बनेको छ ।फ्लोरिडास्थित वाहू सीफूड ग्रिल नामक रेष्टुरेन्टमा गएका एक ग्राहकले झण्डै १७ हजार रुपैयाँ बराबरको खानेकुरा खाए । तर जब बिल भुक्तानी गर्ने बेला भयो उनले बिलको सो रकमसँगै थप झण्डै १२ लाख रुपैयाँ बराबरको रकम वेटरलाई टिप्स स्वरुप प्रदान गरे ।रेष्टुरेन्टका सबै कर्मचारीहरुको सेवा निकै राम्रो लागेको भन्दै उनले सबै कर्मचारीले बाँडीचुँडी लिउन् भनेर १० हजार अमेरिकी डलर टिप्स दिएका हुन् । जबकि उनको जम्मा झण्डै १४५ डलरको बिल उठेको थियो ।फ्लोरिडाको गेइन्सभिलेमा रहेको सो रेष्टुरेन्टले ती दानी ग्राहकले दिएको १० हजार डलर टिप्सको बारेमा इन्स्टाग्रामबाट खुलासा गरेको छ ।रेष्टुरेन्टले इन्स्टाग्राम पोस्टमा भनेको छ( एकजना ग्राहक रेष्टुरेन्टमा आए । खानेकुरा खाइवरी सकेपछि उनले रेष्टुरेन्टका सबै कर्मचारीहरुसँग कुराकानी गर्ने इच्छा प्रकट गर । त्यसपछि सबै कर्मचारीहरु डाइनिङ एरियाको नजिकै जम्मा भए । उनले सबै कर्मचारीहरुको कडा मेहेनतको तारिफ गरे र उनीहरुको सेवाको लागि धन्यवाद दिए ।रेष्टुरेन्टका अनुसार सबै स्टाफसँग कुराकानी गरेपछि उनले रेष्टुरेन्टका सबै कर्मचारीलाई आफुले एक एक हजार डलर टिप्स दिने खुलासा गरे । अनि बिल भुक्तानीका क्रममा उठेको बिलमा थप १० हजार डलर टिप्स थपेर भुक्तानी गरे । त्यो रकम रेष्टुरेन्टमा कार्यरत १० जना कर्मचारीले बराबर बाँडे ।रेष्टुरेन्ट मालिक शन शेर्फडले भनेको छन्( उनको यस्तो व्यवहारले हामी चकित थियौँ । त्यसक्रममा ती ग्राहकको व्यवहारले म निकै भावुक पनि भएँ । उनको उदारताबाट म निकै खुसी छु ।