news-details
अन्तरास्ट्रिय

Share this post!

जापानमा मर्डनाको खोप प्रयोग गर्न रोक

 जापानले कोरोना भाइरसविरुद्धको मडर्नाको खोप प्रयोगमा रोक लगाएको छ । बीबीसीका अनुसार सो खोपका केही डोजमा संक्रमण भेटिएपछि जापानको ओकिनावा प्रान्तमा मर्डाना खोपको प्रयोगमा रोक लगाइएको हो ।गत हप्ता सो खोपका केही डोजमा संक्रमण भएको आशंका भएपछि १५ लाड डोज फिर्ता गरिएको थियो । खोप अभियानका लागि खोप खोप केन्द्रसम्म लगिएको थियो । तर पछि फिर्ता गरियो ।जापानमा मडर्नाको दोस्रो डोज लगाएपछि दुईजनाको मृत्यु भएको थियो । उनीहरुको उमेर ३० वर्ष रहेको बीबीसीले उल्लेख गरेको छ । सो मृत्युबारे छानबिन भइरहेको छ । हालसम्म सो मृत्यु ठोस कारण पुष्टि हुन सकेको छैन ।