news-details
खेलकुद

Share this post!

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

 काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् ।सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो ।राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा खेल्दै आएको विराटनगर एक पटकको च्याम्पियन टिमसमेत हो ।चौथो संस्करणको इपीएल टी(२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।लिगमा विराटनगरसहित ६ सहरका फ्रेन्चाइज ६ टिमले सहभागिता जनाउने छन् ।