news-details
अन्तरास्ट्रिय

Share this post!

४ करोड ३० लाख वर्षअगाडिको चारखुट्टे ह्वेल फेला

४ करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पत्ता लागेको छ । वैज्ञानिकहरुले उक्त ह्वेलहको जीवावशेष इजिप्टको वेस्टर्न डिजर्टमा फेला पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।उक्त ह्वेलको खप्पर प्राचिन इजिप्टमा मृत्युका देवताका रुपमा पुजित स्यालको टाउको भएका अन्युविससँग मिल्दोजुल्दो रहेको छ । त्यसैले यो प्रजातिको नाम तिनै मृत्युदेवको नाममा राखिएको छ । वैज्ञानिक नाम फिओमिसेटुस अन्युविस दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात जल र भूमि दुवै ठाउँमा विचरण गथ्र्यो भन्ने अध्ययन भइरहेको छ ।आधुनिक ह्वेलका पुर्खाहरु भूमिमा बस्ने मृगजस्ता स्तनपायी जीवबाट एक करोड वर्षको अविधिमा विकसित भएका हुन् । फिओमिसेटुस अन्युविसको तौल झन्डै ६ सय केजी र लम्बाइ तीन मिटर भएको र सिकार समात्न आवश्यक पर्ने भएकाले त्यसको च्यापु बलियो भएको प्रोसिडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित शोधमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।खुट्टा भएको ह्वेल पहिले पनि भेटिएको थियो । तर, फियोमिसेटुस अन्युबिस अफ्रिकामा फेला परेको प्रारम्भिक किसिमको अर्धजलचर भएको विश्वास गरिएको छ ।