news-details
अन्तरास्ट्रिय

Share this post!

पौने १९ सेकेण्डमा दुई लिटर सोडापानी पिएर विश्व कीर्तिमान

काठमाडौं । मान्छेहरुका गिनिज बुकमा नाम लेखाउने उपाय अनेक हुन्छन् । अमेरिकामा एकजना व्यक्तिले सबैभन्दा छिटो सोडापानी पिएर गिनिज बुकमा आफ्नो नाम दर्ज गराएका छन् ।इरिक ब्याडल्याण्ड बूकर नामका ती व्यक्तिले १८.४५ सेकेण्डमा २ लिटर सोडा पिएर विश्व कीर्तिमान कायम गरेका हुन् ।
BadlandsChugs नामक आफ्नो युट्युब च्यानलमा तीव्र गतिमा खाएका भिडियोहरु अपलोड गर्ने बूकरले सबैभन्दा छोटो समयमा २ लिटर सोडापानी पिए ।गिनिज वर्ल्ड रेकर्डस्मा नाम दर्ज गराउने आफ्नो जिवनकै सपना रहेको हुँदा आफूले सबैभन्दा छोटो समयमा सोडा पाउने पिउने प्रयास गरेको उनको भनाइ छ । उनले न्युयोर्कको सेल्डेनमा उनले कीर्तिमान कायम गर्नका लागि २ लिटर सुगर फ्री कोला पिएका थिए ।गिनिज वर्ल्ड रेर्कस्ले आफ्नो युट्युब च्यानलमा बूकरले सोडापानी पिएको भिडियो अपलोड गरेको छ । १८।४५ सेकेण्डमै २ लिटर कोला पिएर सकाएपछि प्रतिक्रिया दिँदै उनले भेनका छन्, ‘हो, मैले त्यहीँ कुरा गरेको । त्यो स्वादिलो छ ।’अब भविष्यमा ठोस खानेकुरा खाने विधामा पनि विश्व रकेर्ड कायम गर्न प्रयास गर्ने उनले बताएका छन् ।