news-details
खेलकुद

Share this post!

एशियाली टेबुल टेनिसमा नेपालले पनि भाग लिने

कतारको राजधानी दोहामा आयोजना हुने टेबुल टेनिसको एशियाली च्याम्पियनशीपमा नेपालको पनि सहभागिता रहने भएको छ।प्रतियोगिता आगामी सेप्टेम्बरको २८ देखि अक्टोबरको ५ तारिखसम्म आयोजना हुने भएको हो ।प्रतियोगितामा सहभागी हुने नेपाली खेपाली खेलाडीहरु अहिले काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण शिविरमा तालिममा रहेका छन।बिगतमा विश्वस्तरीय प्रतियोगितामा समेत सहभागिता जनाईसकेका नेपाली टेबुल टेनिस खेलाडीहरुले कोभिडको कारण लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन।